शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जगतबहादुर सिंहको निजी गाडीमा भदौ २६ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको डेरा नजिकै पार्किङ गरेर राखेको बा २१ च ८५०७ नम्बरको कारमा राति अज्ञात पक्षले आगजनी गरेको पीडित जगतबहादुर सिंहले बताए । आगजनीबाट कारको अगाडि र पछाडीको भाग पुर्ण रूपमा क्षति भएको छ ।
आगजनी गर्ने कार्यमा संलग्नहरूको खोजी तथा अनुसनधान भइरहेको इलाका प्रहरी कार्यालय, झलारीका इन्स्पेक्टर नैनसिंह साउदले बताए ।
