नाम्खा गाउँपालिका–१ की ३७ वर्षीया डोमा लामालाई सोही ठाउँ बस्ने ४० वर्षीय नारायण लामाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भनेको भन्दै पीडितले आरोपितविरूद्ध भदौ २७ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएकी छिन् ।
पीडित डोमा भदौ २२ गते आफ्नै घरमा बसिरहेको बेला आरोपित नारायण घरमा आई ‘तँ बोक्सी होस्’ भन्दै कुटपिट गर्न खोजेको पीडितले दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, हुम्लाकी हवल्दार विष्णुमाया गुरुङले जानकारी दिइन् । कुटपिट गर्न खोज्दा गाउँलेले आएर बचाएपछि आफू जोगिन सफल भएको पीडितले बताइन् ।
आरोपित लामा नाम्खा गाउँपालिका–६ मा रहेको हिमशिखर प्राथमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन् ।
जिल्ला प्रहरी कार्यालय, हुम्लाले आरोपितलाई झिकाएर पीडितको उजुरी उपर अनुसन्धान गरिने जनाएको छ ।