INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका नौ जना आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका-३ सभैयाका ४० वर्षीय नेत्र बहादुर चौधरी, सोहि ठाउँका २५ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भिमलाल मुसहर, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, २२ वर्षीय राजु मुसहर, १९ पिन्टु राजभर, १९ वर्षीय अमर भेडियार र २२ वर्षीय सन्दिप यादवलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितहरूले ०७६ भदौ २२ गते  बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २३ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २३ गते पृथ्विचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

उक्त घटनामा संलग्न आरोपित २५ वर्षीय सागर चौधरी खवास फरार भएको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश श्रीमलले बताए ।

अन्य

भिडियो