INSEC Online

📅 २०८३ जेष्ठ २२

छाउपडी प्रथाका समस्या, चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा परिवर्तनका लागि युवा परियोजना अन्तर्गत एफके फेलोको सहकार्यमा छाउपडी प्रथाका समस्या, चुनौती र समाधानका उपाय विषयक अन्तक्रिया कार्यक्रम भदौ २० गते धनगढीमा सम्पन्न भएको छ ।

 

इन्सेक सुदूर पश्चिम प्रदेशका संयोजक खडकराज जोशीले परिवर्तनका लागि युवा परियोजना अन्तर्गत प्रत्येक वर्ष युवाहरूलाई एक अर्का देशमा महिला, बालबालिका तथा  सम्पुर्ण मानव अधिकारका विषयमा अध्ययनका लागि पठाउने गरेको बताए ।

 

त्यस अन्तर्गत दुई जना फेलो सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीमा आएर छाउपडी प्रथाको बारेमा भारत र नेपालबिच रहेको भिन्नतालाई अध्ययन गरेको बताए ।

 

एफके फेलो बिन्ती विश्वकर्माले भारतमा पनि छाउ मान्ने गरेको भएपनि नेपालको जस्तो छुट्टै गोठमा राख्ने गरेको नपाइएको बताइन् ।

 

‘भारतमा छाउ भएको बेला पुजा गर्दैनन् । अरु सबै काम गर्ने, खाना पकाउने, घरभित्र बाहिर आउने जाने, सबैलाई छुने हुन्छ । खाने कुरा पनि सबै खाँदा हुन्छ केही फरक पर्दैन भन्ने मान्यता छ ।’–उनले भनिन् ।

 

अधिवक्ता जोहारीलाल चौधरीले १३ वर्ष अगाडि महिला तथा बालबालिका मन्त्रालयका उपसचिव स्तरबाट छाउपडी प्रथालाई कुप्रथा घोषणा गरेको भएपनि राज्यले बलियो कानुन बनाउन र कार्यान्वयन गर्न नसक्नुको कारण छाउपडी कायमै रहेको आरोप लगाए ।

photo20190907kailali (1)

photo20190907kailali (2)

photo20190907kailali (3)

photo20190907kailali (4)

photo20190907kailali (5)

अन्य

भिडियो