७० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–८ मुसहर्नीयाका ४० वर्षीय रोहित सदालाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालले बताए ।
०७५ असोज १६ गते बलात्कार गरेको भन्दै पीडितले असोज १७ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा दिएको उजुरी सोही दिन दर्ता दर्ता भएको थियो ।
परिवारका सबै जना मेला हेर्न गएको बेला घरमा एक्लै सुतिरहेकी पीडितलाई मादक पदार्थ सेवन गरी आएका आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् ।
पीडित बृद्धाको स्वास्थ्य परीक्षण लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा असोज १७ गते गरिएको थियो ।