नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इन्चार्ज ३५ वर्षीय दमन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
डडेल्धुरा जिल्लाबाट खटिएको प्रहरीको टोलीले उनलाई भदौ १८ गते बिहान घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
गिरफ्तार परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।