१६ वर्षीया बालिकलाई अपहरण पश्चात बलात्कार गरेको आरोपमा प्रहरीले तुर्माखाँद गाउँपालिका–८ पुनेपाटाका २० वर्षीय गोपाल बिकलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बसबाट धनगढीतर्फ लगिरहेको अवस्थामा चौरपाटी गाउँपालिकाको चौखुट्टे प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए ।
पीडित बािलकाका आफन्तले भदौ १४ गते बालिका अपहरणमा परेको र भदौ १६ गते अपहरण गरेर बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी शाहीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, अछाममा भदौ १७ गते गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।