INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–१ की २४ वर्षीया पुजा भनिने निर्मला कोइरीलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।

 

पीडितलाई आरोपित निर्मलाले एक वर्ष अघि वैदेशिक रोजगारीको लागि कुवेत पठाएको र दुतावासमा अलपत्र पारेको भन्दै पीडितले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

 

एक वर्ष पहिले कुवेत गएको र अलपत्र परेपछि  दुतावासको सहयोगमा घर फर्कन सफल भएको पनि पीडितले बताइन् ।

 

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

अन्य

भिडियो