INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२१ वर्षीया युवतीमाथी भदौ १६ गते राति दुई जना अपरिचित व्यक्तिहरूले बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिएको छ ।
भदौ १६ गते राति १२ बजे तिज कार्यक्रम हेरेर सुत्ने तयारीमा रहेको अवस्थामा दुई जनाको सङ्ख्यामा आएका अपरिचित व्यक्तिहरू घर भित्र प्रवेश गरी छोरीको मुख थुनेर घरबाहिर लगी बलात्कारको प्रयास भएको पीडित युवतीकी आमाले बताइन् ।
छोरीलाई बलात्कारको प्रयास भएपछि छिमेकीसँग हारगुहार मागेपछि छोरी बलात्कृत हुनबाट जोगिएको पीडितकी आमाले बताइन् ।
पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ १७ गते सेती अञ्चाल अस्पतालमा गरिएको र घटनामा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

अन्य

भिडियो