१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भगवानपुर गाउँपालिका-२ का २२ वर्षीय अरबिन्द तिवारीलाई इलाका प्रहरी कार्यालय लहानले भदौ १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ८ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले भदौ १२ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १२ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।