४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मधुवन नपा–४ महुवाका २३ वर्षीय हरि चौधरीविरूद्ध पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाका आरोपित फरार् रहेका छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा गरिएको र पीडित पक्षले ल्याएको उजुरी भदौ १३ गते दर्ता गरी अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय ढोढरीका इन्स्पेक्टर उदयभग द्विवेदीले बताए । फरार आरोपितको खोजी कार्य जारी रहेको पनि इन्स्पेक्टर द्विवेदीले बताए ।