INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले पाँचखपन गाँउपालिका–४ बाट ३९ वर्षीय छिरिङ्ग शेर्पालाई भदौ १२ गते गिरफ्तार गरेको छ ।

आरोपित सो पार्टीको कार्यकर्ता भएको र ०७५ वैशाख १७ गते खाँदबारी नपा–९ स्थित तुम्लिङ्गटारमा रहेको ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनामा बम विष्फोट घटनामा संलग्न भएको अभिलेख देखिएकाले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

यसैबीच सो पार्टीको कोशी व्यूरो संयोजकसहित चार जना कार्यकतालाई प्रहरीले भदौ ११ गते जिल्ला अदालत चैनपुरमा हाजिर गराएको छ ।

सुनसरी जिल्ला अदालतमा भदौ १० गते धरौटी बुझाएर रिहा भए लगत्तै पुनः गिरफ्तारीमा परेकाहरूलाई सङ्खुवासभा प्रहरीले गिरफ्तार गरी अदालतमा हाजिर गराएको हो ।

जिल्ला अदालत सुनसरीमा जनही ५० हजार रुपियाँ धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीले सो पार्टीका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ, मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, व्यूरो सदस्य माधव गौतम र रमेश खड्कालाई गिफ्तार गरी सङ्खुवासभा पुर्‍याएको थियो ।

प्रहरीले व्यूरो संयोजक ओखलढुङ्गाका घनश्याम श्रेष्ठ र काभ्रे घर भएका व्यूरो सदस्य माधव गौतमलाई ०७५ चैत १० गते मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको थियो ।

भोजपुर घर भएका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई चैत १२ गते मोरङ सुन्दरहरैचाबाट र रमेश खड्कालाई सुनसरीको इटहरीबाट गिरफ्तार गरेको थियोे ।

प्रहरीले ०७५ फागुन १५ गते हतियारसहित पाँचथरका देवकुमार साँवा लिम्बूलाई समेत सो पार्टीको कार्यकर्ता भएको आरोपमा गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो