भोजपुर नगरपालिका-१२ बेहेरे दोभान र रामप्रसादराई गाउँपालिकाको-५ मानेभञ्याङ्ग जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा भदौ १० गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
अज्ञात पक्षले मार्सेली निर्माण सेवाको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डपकुमार राजवंशीले बताए ।
आगजनी भएको क्षेत्रमा शङ्कास्पद वस्तु फेला परेपछि प्रहरीले भदौ ११ गते सो क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।
शङ्कास्पद वस्तु बम हुन सक्ने आशङ्का गर्दै डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
एक साताअघि पिलुवा खोलामा पुल निर्माण सुरू भएको थियो । आगजनी घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।