१७ वर्षीय बालिका र २३ वर्षीय महिलालाई गोदावरी नपा-३ का २५ वर्षीय पुष्कर ध्वजलाई चेलीबेटी बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले साउन ३२ गते धनगढीबाट गिरफ्तार गरेको छ ।
राम्रो काम लगाई दिने भनी प्रलोभनमा पारी पीडितद्वयलाई आरोपितले भारततर्फ लैजाँदै गर्दा गोप्य सूचनाको आधारमा धनगढीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई कमलबहादुर विष्टले बताए ।
पीडितद्वयलाई धनगढीस्थित माइती नेपालको संरक्षणमा राखी भदौ २ गते सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको माइती नेपाल, धनगढीका संयोजक शिवचरण चौधरीले बताए ।