जिल्ला कारागार नवलपरासीमा भाइरलका कारण १ सयभन्दा बढी कैदीबन्दी बिरामी भएका जेलर जगतबहादुर बस्नेतले बताएका छन् ।
१ सय ५० पुरुष र २५ जना महिला गरी १ सय ७५ जनाको क्षमता रहेको कारागारमा ३ सय १८ पुरुष र ५९ जना महिला गरी ३ सय ७७ जना कैदीबन्दी राखिएपछि भाइरलको सङ्क्रमण फैलिएको हो ।
बिरामीको सङ्ख्या एकाएक बढ्दा उपचारमा कठिनाइ हुँदा तत्काल जिल्ला अस्पतालबाट डाक्टरहरू झिकाइ उपचार गराए पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको जेलर बस्नेतले जनकारी दिए ।
कारागारका चौकीदार देवान्न्द फौजदारले क्षमता भन्दा बढी कैदीबन्दी हुँदा गर्मीसँगै भाइरलको प्रकोप बढेको बताए ।