नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले साउन २८ गते गिरफ्तार गरेको छ ।
सो पार्टीका पूर्व पोलिटब्यूरो सदस्य तथा जनमुक्ति सेना समेत रहेका ढोरपाटन नपा-५ अधिकारी चौरका २८ वर्षीय महेन्द्र भण्डारीलाई बागलुङ बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
जिल्लाका उद्योगी व्यवसायीहरूलाई धम्की दिएर चन्दा असुली गर्ने गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको डिएसपी भट्टराईले बताए ।