सरकार गठन गर्दा सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले व्यवस्थापिका संसदको कात्तिक २६ गतेको बैठक बहिष्कार गरेको छ ।
चार्डपर्व सकिएपछि पहिलो पटक बसेको संसद बैठकमा विषेश समय लिएर बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाएका थिए । उनले आन्दोलनको क्रममा मोर्चाका कार्याकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने सहमति भएपनि हालसम्म मुद्दा फिर्ता नलिएकोमा आक्रोस पोखे ।
उनको मन्तव्य सकिएलगतै मोर्चामा आबद्ध दलका सांसदहरू संसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।