INSEC Online

📅 २०८३ जेष्ठ २१

मार्ने धम्की आएको भन्दै वडाध्यक्षद्वारा प्रहरीमा उजुरी

अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईलाईसाउन २२ गते साँझ धारिलो हतियार प्रहार गरी मार्ने भनी मोबाइल फोनबाट धम्की आएपछि सुरक्षा माग गर्दै साउन २३ गते प्रहरीमा उजुरी दिएका छन् ।

४५ वर्षीय प्रसाईलाई मोवाइल नम्बर ९८५१००२९८६ बाट मार्ने धम्की आएको भन्दै इलाका प्रहरी कार्यालय अनारमुनीमा सुरक्षा माग गर्दै उजुरी दिएका हुन् ।

उजुरीपछि सो कार्यालयका इन्स्पेक्टर सुनिलकुमार श्रेष्ठले सुक्ष्म अनुसन्धान थालेको बताए । वडाध्यक्ष प्रसाईले कोही कसैसँग मनमुटाव नभएको र एक्कासी धम्की आएपछि सुरक्षाको माग गरेको बताए ।

अन्य

भिडियो