सरकारले तराई, मधेस र थरुहट आन्दोलनका क्रममा लागेका २ सय ८ ओटा मुद्दाहरूमध्ये ७४ ओटा मुद्दाहरू प्रचलित कानुनी व्यवस्था बमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले कात्तिक २५ गते विज्ञप्ति जारी गर्दै २२ ओटा मुद्दाहरूमा पूर्ण सफाई र पाँच ओटा मुद्दामा प्रचलित कानुन बमोजिम कागज मात्र गर्राई छोडिएको जनाएको छ ।
त्यसैगरी १३ ओटा मुद्दाहरूको फछ्र्यौट भएको र अन्य बाँकी ९४ ओटा मुद्दाहरूको फछ्र्यौट सम्बन्धमा संविधान र प्रचलित कानुनी व्यवस्था बमोजिम आवश्यक कारबाही भइरहेको विज्ञप्तिमा उल्लेख छ ।