INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकार पाचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदामा परामर्श

इन्सेकको आयोजनामा मानव अधिकार पाचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदामा परामर्श तथा अन्तरक्रिया कार्यक्रम साउन २१ गते काठमाडौँमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले अहिले आएको मस्यौदा सम्पूर्ण सरोकारवाला पक्षहरूसगँको छलफल बिना अगाडि बढाउन नहुने बताए ।

कार्ययोजना निर्माणमा खुल्ला तथा उदारताका साथ आगामी दिनहरूमा आउने सुझावहरुलाई स्थान दिनेमा प्रतिबद्ध रहेको उनले बताए ।

उनले भने–‘लोकतन्त्रमा लुकाएर गर्नुपर्ने काम केही छैन ? पारदर्शिता र खुलापनले लोकतन्त्रलाई झनै बलियो बनाउँछ । त्यसैले यसको व्यापक छलफल होस् ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा राष्ट्रपतिका राजनीतिक एवम् मानव अधिकार विज्ञ सुशील प्याकुरेलले यस भन्दा अगाडि बनाइएका योजनाहरू वर्गिकरण विना अगाडि बढ्नाले खासै सफल नभएकाले यस पटकका योजनामा त्यस्तै समस्या दोहोरिने वातावरण नबनाउन आग्रह गरे ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतराम लामाले नेपालमा कार्ययोजना निकै राम्रो बन्ने गरेको तर बनिसकेको कार्ययोजनालाई अनुगमन गर्ने र कार्यलाई निरन्तरता दिने कुरामा सदैब समस्या देखिएको बताए ।

उनले कुनै पनि योजना पाँच वर्षमा सकिँदैन भने जबरजस्ति सक्ने गरी कार्ययोजना ल्याउनु पनि गलत रहेको उल्लेख गरे ।

यस भन्दा अगाडिका योजनाहरू कसरी लागु गरिए ?, त्यसबाट प्राप्त प्रतिफल कस्तो रह्यो ? र, आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने भन्ने कुरा आजको मुख्य चुनौति रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताइन् ।

श्रेष्ठले आगामी दिनमा बन्न लागेको पाँचौँ कार्ययोजनामा नागरिक समाजका अगुवाहरूले दिने सुझावलाई मनन् गर्न समेत आग्रह गरिन् ।

कार्यक्रममा अधिकारकर्मी लिली थापाले अब बन्ने कार्ययोजनामा समेटिएका १७ ओटा विषयहरूमा पनि महिलालाई समेट्न नसकेको भन्दै यसलाई सच्चाउन माग गरिन् ।

कार्यक्रममा अधिकारकर्मी चरण प्रसाईले अघिल्लो कार्ययोजनामा समेटिएका केही राम्रा कार्य यस कार्ययोजानामा पनि समेटिन आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न योजनाहरूलाई समेट्न आवश्यक रहेको भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका सह सचिव कौशलचन्द्र सुवेदीले पाचौँ कार्ययोजनाका विषयवस्तु प्रस्तुत गरेका थिए भने सचिव डिल्लीराज घिमिरेले सरकारको तर्फबाट आएका सुझाबहरूलाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

photo20190806kathmandu (1)

photo20190806kathmandu (2)

photo20190806kathmandu (3)

photo20190806kathmandu (4)

अन्य

भिडियो