INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गगता भएकी बालिकालाई इन्सेकको पहलमा ‘क’ वर्गको परिचयपत्र

इन्सेकको पहलपछि गोरखा नपा–८ बस्ने मनोसामाजिक अपाङ्गता भएकी तीन वर्षीया पुजा परियारले साउन १६ गते ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र पाएकी छिन् ।

पुर्ण अपाङ्गगता भएकी परियारलाई ०७५ असारमा ‘ख’ वर्गको परिचयपत्र दिइएको थियो । पुजाका बुबा गणेश परियारले पुर्ण अपाङ्गता भएकी छोरीलाई ‘ख’ वर्गको परिचयपत्र दिएको भन्दै ‘क’ वर्गको परिचयपत्र दिलाउन पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिसँग आग्रह गरेका थिए ।

इन्सेक जिल्ला प्रतिनिधि हरिराम उप्रेतीको पहलमा असारको पहिलो साता छोरीलाई ‘क’ वर्गको परिचयपत्र पत्र उपलब्ध गराउन अनुरोध गर्दै गोरखा नगरपालिकास्थित सामाजिक विकास शाखामा निवेदन दिएका थिए ।

सोही निवेदनलाई आधार मान्दै नगरपालिकाले साउन १६ गते पुजालाई आमा नानु परियारमार्फत् ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र उपलब्ध गराएको हो ।

‘बोकेर हिँड्न पनि गार्‍हो छ । जन्मिएको एक दुई महिनामै टाउकोमा समस्या देखिएको थियो । उपचार गर्दा पनि लागेन ।’–आमा नानु परियाले परिचयपत्र लिँदै भनिन् । ‘क’ वर्गको परिचयपत्र पाएपछि उनले खुसी व्यक्त गरिन् ।

अरूको सहायताबिना हिँड्न नसक्ने पुर्ण अपाङ्गगता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको परिचयपत्र उपलब्ध गराइने सामाजिक विकास शाखाका प्रमुख विजयभक्त उपाध्यायले बताए ।

नगरस्तरीय अपाङ्गता समन्वय समितिबाट निर्णय गराएर ‘क’ वर्गको परिचयपत्र दिइएको उपाध्यायको भनाइ छ ।

अन्य

भिडियो