INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका-५ का १९ वर्षीय सुरज चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध १९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको सई तर्कबहादुर बस्नेतले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा साउन १९ गते गरिएको छ ।

अन्य

भिडियो