अज्ञात पक्षबाट साउन १७ गते राती जिल्लाको डिलासैनी गाउँपालिका–४ मठैराज बलालीस्थित नेपाल टेलिकमको टावरमा आगजनी भएको छ ।
साउन १७ गते राति उक्त टावरमा अगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर दिपक पातलीले बताए ।
अगजनीबाट टावरमा रहेका ब्याट्री र तारहरू जलेर नष्ट भएका छन् । टावरमा कसले र किन आगजनी गर्यो भन्ने बारे केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पातलीको भनाई छ ।
यसअघि साउन १६ गते पुर्चौडी नगरपालिका–१ कुँडीधारमा रहेको एनसेलको टावरमा अज्ञात पक्षले तोडफोड र आगजनी गरेको थियो ।