१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका–८ बोकेढिकका २० वर्षीय सञ्जय राउतलाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई असार ४ गते बलात्कार गरी फरार रहेका आरोपितलाई पीडित पक्षले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनअनुसार खोजतलासका क्रममा प्रहरीले त्रियुगा नपा–११ सङ्गमटोलबाट गिरफ्तार गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।