१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–११ का ३५ वर्षीय देवेन्द्र लामालाई ०७६ साउन १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको इलका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।
उनका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा साउन ७ गते गरिएको छ ।