पाणिनी गाउँपालिका–५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
आगजनी गरेको जानकारी प्राप्त भएपछि नेपाल टेलिकम अर्घाखाँचीका कार्यलय प्रमुख गोविन्द पराजुली सहित नेपाल टेलिकमको टोली घटनास्थलमा पुगेको पराजुरलीले बताए ।
आगजनी गर्ने समूहको खोजविन तथा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए ।