INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–१२ का चारघरेका २२ वर्षीया राजु पौडेललाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले ०७५ माघमा बालिकाको गाउँबाट काठमाडौँ जाउँ भनी विदुर नपा–१२ चारघरेस्थित आफ्नै घरमा ल्याएर पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पौडेललाई गिरफ्तार गरिएको डिएसपी राजेश थापाले जानकारी दिए ।

 

पीडित बालिकाले प्रहरीमा दिएको उजुरीमा घर जान्छु भन्दा जान नदिएको, मोबाइल खोसेर राखी घरसँग सम्पर्कविहीन बनाएको र परिवारले खोज्दै आएर साउन १३ गते भेट भएपछि प्रहरीकोमा उजुरी दिन आएको उल्लेख छ ।

 

उजुरीमा बालिकाले पटक पटकको बलात्कारको कारण ८ हप्ताको गर्भ समेत रहेको उल्लेख गरेकी छिन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते त्रिशूली जिल्ला अस्पतालमा भएको छ ।

अन्य

भिडियो