५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जवाँईलाई साउन १५ गते गिरफ्तार गरेको छ ।
अपाङ्गता भएकी दिदी सासूलाई आरोपितले साउन १४ गते बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे थाहा पाएपछि पीडितका भाइ बुहारीले पीडितलाइ लिएर जिल्ला अदालत सल्यानमा मुद्दा दायर गर्न आएपछि जिल्ला स्थित सुरक्षित आवास गृहमा बस्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए ।
पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ । आर्थिक अवस्था एकदमै कमजोर भएका पीडीतलाइ अदालतको पहुँचसम्म पुर्याउन इन्सेकको पहलमा यातायात खर्च उपलब्ध गराइएको इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीले बताइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।