चन्द्रपुर नपा–३ वडा कार्यालय गैडाटारमा साउन १४ गते मध्यरातमा बजे अज्ञात पक्षद्वारा आगजनी भएको छ ।
वडा कार्यालयमा आगजनी हुँदा कार्यालयको कम्प्यूटर, ल्यापटप, प्रिन्टर, दराज, टेबुल लगायतका भौतिक सामानहरू तथा सम्पर्ण कागजपत्रहरू जलेर नष्ट भएको चन्द्रपुर नपा–३ का वडा अध्यक्ष बोधनाथ देवकोटाको बताए ।
कार्यालयका सामानहरू जलेर नष्ट भएकोले सेवाग्राही सेवा सुविधाबाट प्रभावित र त्रसित बनेका छन्, सोही ठाउँकी स्थानीयबासी सचिता तिमल्सिानाले सेवाबाट बञ्चित भएको बताइन् ।

त्यस्तै अज्ञात पक्षद्वारा नै चन्द्रपुर नपा–३ को अन्य ठाउँमा पनि बम भेटिएकोले गर्दा चन्द्रनिगाहापुरका सुरक्षाकर्मीहरूले बम निष्क्रिय बनाएका छन् ।
घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी कवित कटवालले बताए ।
उक्त आगजनी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको हुन सक्ने स्थानीयको आशङ्का छ ।