INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक नहुँदा पढाईमा बाधा

मुगुम कार्मारोङ्ग गाउँपालिका–९ पाँपु गाउँमा रहेको श्री आधारभुत प्रथामिक विद्यालयका शिक्षक लामो समयदेखि अनुपस्थित हुँदा पढाईमा बाधा पुगेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गुनासो गरेका छन् ।

 

तीनजना शिक्षक रहेको विद्यालयमा शिक्षक कुशलाल बिटालु ०७६ वैशाख ५ गतेदेखि र स्थायी शिक्षिका रमाइली सेजुवाल ०७६ असार १५ गतेदेखि विद्यालयमा अनुपस्थित हुँदा पढाईमा बाधा पुगेको विद्यार्थीहरूको भनाई छ ।

 

विद्यालय प्रशासनका अनुसार कक्षा एक देखि पाँचसम्म सञ्चालन हुने विद्यालयमा हाल ८० जना विद्यार्थी अध्ययनरत् छन् ।

 

सबैजना विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक जगतबहादुर जिसी एक्लैले अहिले पढाउँदै आएको बताएका छन् ।

 

शिक्षिका सेजुवाल बिरामी भएको भन्दै अनुपस्थित रहेको र शिक्षक कुशलाल बिटालु जानकारी नगराई अनुपस्थित रहेको प्रधानाध्यापक जिसीले बताए ।

 

दुवैजना शिक्षकको तलब कट्टा गर्नका लागि गाउँपालिकामा जानकारी गराई सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम रोकायाले जानकारी दिए ।

 

एक शिक्षकले विद्यालय धान्नुपर्दा प्रशासनिक कामले सदरमुकाम जानुपर्ने भएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक जिसीले बताए ।

 

विद्यालयलाई जानकारी नगराई अनुपस्थित रहेका दुवै जनालाई सम्बन्धित सरोकारवाला निकायले तत्कालै कारवाही गरेर पठनपाठन सुचारू गर्ने व्यवस्था मिलाउनुपर्ने विद्यालयका अभिभावक विष्णु बढुवालले बताए ।

अन्य

भिडियो