INSEC Online

📅 २०८३ जेष्ठ २१

२५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका गुरुप्रसाद बराललाई

शोषण, विपन्नता, विभेद एवम् कुरीति मुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गर्नु भएका मोरङका गुरुप्रसाद बराललाई २५ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने इन्सेकले निर्णय गरेको छ ।

Guruprasad Baralइन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन १५ गते जारी विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको हो ।

विज्ञप्तिमा भनिएको छ-‘महासचिव रमेशचन्द्र पौडेल संयोजक तथा कोषाध्यक्ष गीता बराल र नीलमशेखर अधिकारी सदस्य रहनु भएको प्रकाश मानव अधिकार पुरस्कार छनौट समितिले बराललाई प्रकाश पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।’

इन्सेकका संस्थापक महासचिव श्री प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइएयर दुर्घटनामा निधन भएको थियो ।

यसै दिनको स्मरणमा इन्सेकले २०५१ सालदेखि हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कारबाट मानव अधिकार र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने एक जनालाई पुरस्कृत गर्दै आएको छ ।

यो पुरस्कारबाट हालसम्म २४ जना पुरस्कृत भइसक्नु भएको छ । ०७६ साउन १६ गते प्रदेश १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा विराटनगरमा हुने समारोहमा बराललाई सम्मान गर्ने कार्यक्रम रहेको इन्सेकले जनाएको छ ।

अन्य

भिडियो