नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले साउन १२ गते राति चार ओटा शिक्षण संस्थामा कालो ब्यानर टाँगेको छ ।
उक्त सङ्गठनले तिलोत्तमा नपा भलवारीस्थित नमस्ते एकेडेमी, सैनामैना नपास्थित न्यू एकेडेमी इङ्लिस बोर्डिङ स्कुल, देवदह नपास्थित सगरमाथा अङ्ग्रेजी बोडिङ स्कुल र बुटवल नपा कालिकानगरस्थित सञ्जिवनी नर्सिङ्ग कलेजमा त्यस्तो व्यानर टाँगेको हो ।
सङ्गठनले व्यानरमा विद्यार्थीहरूसँग अत्यधिक शुल्क लिएको, विभिन्न बहानामा शुल्क लिएको, शिक्षा ऐनले तोकेको छात्रवृत्ति र विद्यार्थीहरूका हितका कार्यक्रमहरू कार्यान्वयन नगरेको, अखिल क्रान्तिकारी र शिक्षा मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नगरेको, विदेशी लगानीमा सञ्चालन भएको आरोप लगाएको छ ।
उक्त सङ्गठनले व्यानरमा शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कुललाई सामाजिक बहिस्कार गर्न अपिल गरेको छ ।