२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ८ गते खाँडाचक्र नपा-३ ताडी बस्ने २९ वर्षीय नविन पाण्डे विरूद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका छन् ।
पीडित युवतीलाई आरोपित पाण्डेले साउन ७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए । घटनापछि आरोपित पाण्डे फरार रहेकाले खोजी कार्य जारी रहेको डिएसपी शर्माले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ८ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।