INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगलाई भागबण्डाको शिकार नबनाउः द्वन्द्वपीडित साझा चौतारी

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई राजनीतिक भागबण्डाभन्दा माथि गठन गर्न द्वन्द्वपीडित साझा चौतारीले माग गरेको छ ।

चौतारीले साउन २ गते जारी गरेको प्रेस विज्ञप्तिमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग असफल हुनुको कारण आममाफी दिन खोज्नु रहेको उल्लेख छ ।

विगतमा आयोग सफल हुन नसक्नुको कारण पदाधिकारीहरूको असक्षमता हो भन्ने जान्दाजान्दै अहिले पनि सरोकारवालाहरूसँग सहकार्य नगरी अगाडि बढ्न खोज्नु गलत भएको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो