INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनका जिल्ला सचिव मालिका गाउँपालिका–२ दर्लिङका १८ वर्षीय विष्णु बिक र जिल्ला सदस्य सोही ठाँउका १८ वर्षीय राज खड्कालाई असार ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ब्यानर सहित खुला कार्यक्रम गर्न लागेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए ।

राज्यले प्रतिबन्ध लगाएका बेला विद्यार्थी सङ्गठनका नेताहरू विद्यालयमा खुला कार्यक्रम गरेको खबर पाएपछि गिरफ्तार गरी अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

उक्त सङ्गठनका जिल्ला अध्यक्ष विकल्प खत्रीले पार्टीलाई प्रतिबन्ध लगाए पनि विद्यार्थीले शान्तिपूर्ण रूपमा पढ्न र सङ्गठनको काम गर्न पाउनु पर्ने बताए । उनले गिरफ्तार गरिएका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

अन्य

भिडियो