INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

अपाङ्गता भएकी २३ वर्षीया भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीरकोट नगरपालिका–७ का अन्दाजी ४७ वर्षीय केशरबहादुर क्षेत्रीविरूद्ध असार २६ गते उजुरी परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

पीडित युवतीलाई आरोपितले असार २२ बलात्कार गरेको भनी उजुरी परेको र पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल स्याङ्जामा असार २८ गते प्रहरीले जनाएको छ ।

घटना लगतै फरार रहेका आरोपित क्षेत्रीको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रशाद आचार्यले जानकारी दिए ।

अन्य

भिडियो