INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा भुमिकास्थान नगरपालिका–६ का २२ वर्षीय निरज परियारविरूद्ध असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

प्यूठान जिल्ला ऐरावति गाउँपालिकाकी १५ वर्षीया बालिकासँग असार १९ गते अर्घाखाँचीको सुपा देउरालीमा बालिकाको इच्छा विपरीत जबरजस्ती विवाह गरेको भनी पीडित परिवारले प्रहरीमा असार २२ गते उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले आरोपितलाई सन्धिखर्कबाट असार २५ गते गिरफ्तार गरी बालविवाह अन्तर्गत असार २६ उजुरी दर्ता गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भिरजङ्ग थापाले जानकारी दिए ।

अन्य

भिडियो