INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अरोपितविरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–३ का २१ वर्षीय रामजतन दासविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २५ गते उजुरी दिएका छन् ।

पीडित युवतीलाई आरोपितले वैशाख १३ गते, १८ गते र २९ गते घरमा कोही नभएको बखत बलात्कार गरेको आरोप छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २५ गते भएको थियो ।

आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

अन्य

भिडियो