११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा-३ का ५५ वर्षीय रामवृक्ष साफीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २४ गते भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कार्वाही प्रकृया अगाडि बढाइएको छ ।