INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ ।

खत्याड गाउँपालिका–८ का ४० वर्षीय बाँचे दमाई र सोही ठाउँका ४८ वर्षीय नन्दविर ढोलीलाई प्रहरीले बाजुरा जिल्लाको हिमाली गाउँपालिका धुलाचौरबाट गिरफ्तार गरेको हो ।

गिरफ्तार भएका दुवैजना नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा मुगुका जिल्ला सदस्य हुन् ।

जिल्ला प्रहरी कार्यालय, मुगुका इन्स्पेक्टर लालबहादुर ऐरले दुवैजनालाई इलाका प्रहरी कार्यालय, कोल्टीबाट गएको टोलीले गिरफ्तार गरी असार २३ गते नै मुगु प्रहरीलाई बुझाएको जानकारी दिए ।

अन्य

भिडियो