INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाद्वारा कैलालीका १४ ओटा वडा कार्यालयमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले कैलालीका आठ ओटा स्थानीय तहका १४ ओटा वडा कार्यालमा असार २१ गते तालाबन्दी गरेका छन् ।

धनगढी उपमहानगरपालिका-१५, टीकापुर नपा-२, लम्कीचुहा नपा-४, घोडाघोडी नपा-१, ४ र ९, जोशीपुर गाउँपालिका-४ र ५, भजनी नपा-७, जानकी गाउँपालिका-१, गौरीगङ्गा नपा-११ र बर्दगोरिया गाउँपालिका-१, २ र ४ मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले तालाबन्दी गरेको थियो ।

लम्कीचुहा नगरपालिकाको कार्यालयमा रातिसम्म काम गरिरहेका दुई जना कार्मचारी लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बकेन्द्र सुनारसहित जनप्रतिनिधिहरूलाई कार्यालय भित्रै थुनेर ताला लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

गोदावरी नपा-७ र ८ का कार्यालय परिसरमा राखिएको शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारको र घटनास्थल नजिकै नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली व्युरोको पर्चा समेत भेटिएको डिएसपी बस्नेतले बताए ।

प्रतिबन्धित विप्लव समूहले वडा कार्यालयमा लगाएको ताला असार २२ गते प्रहरीको टोलीले तोडी हाल सबै कार्यालयहरू सञ्चालनमा आएको पनि डिएसपी बस्नेतले बताए ।

अन्य

भिडियो