INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाद्वारा स्थानीय तहमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २२ गते राति कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका बाहेकका सबै स्थानीय तहका कार्यालयहरूमा तालबन्दी गरेको छ ।

Photo20190708Kalikot01

तालाबन्दीसँगै सो पार्टीले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको, कर्मचारी नियुक्तिमा नातावाद हावी भएको, सहकारीमार्फत वित्तिय शोषण भएको र कर्मचारीबाट जनप्रतिनिधिले कमिशन खाएको उल्लेखित विज्ञप्ति पनि टाँसेको छ ।

स्थानीय तहमा जनप्रतिनिधिले मानोमानी गरेकाले अनिश्चितकालिन तालाबन्दी गर्नु परेको सो पार्टीका जिल्ला सेक्रेटरी मनिलाल ऐडीको भनाई छ ।

Photo20190708Kalikot03

नरहरीनाथ गाउँपालिकाका सबै वडाहरूमा तालबन्दी भएकाले दैनिक कामकाजमा समस्या भएको नरहरीनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।

सो पार्टीले नौओटा स्थानीय तह र ८२ ओटा वडा रहेको जिल्लाका पचालझरना, पलाँता, सान्नित्रिवेणी गाउँपालिका कार्यालयमा र नरहरीनाथ तथा शुभकालिका गाउँपालिकाका वडाहरूमा ताला लगाएको जनप्रतिनिधिहरूले जनाएका छन् ।

Photo20190708Kalikot02

जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले भने कतै पनि तालाबन्दी नभएको बताएका छन् ।

अन्य

भिडियो