१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी बेलबहादुर पाण्डेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रहरीले जनायो ।