INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले सङ्खुवासभा जिल्ला खाँदबारी नपा-११ स्थायी घर भई हाल स्याङ्जा जिल्ला विरुवा गाउँपालिका-२ बस्ने १९ वर्षीय सागर राईलाई असार १७ गते आठ वर्षकैद सजायको फैसला गरेको छ ।

न्यायाधीश रमानाथ पौड्यालको इजलासले आरोपितलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले बताए ।

आरोपितले राईले ०७५ भदौ १५ गते बलात्कार गरेको भनी सोही दिन जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा बालिकाका आफन्तले उजुरी दिएका थिए ।

घटना लगत्तै आरोपित राई फरार भएकोले भदौ २३ गते जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरीको टोलीले कास्की जिल्ला पोखरा मनपा-६ बैदामबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ परीक्षण भदौ १५ गते जिल्ला अस्पताल, स्याङ्जामा भएको थियो ।

अन्य

भिडियो