१६ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर बेचबिखनका लागि भारततर्फ लैजान लागेको भन्दै पीडितपक्षले असार १५ गते सियारी गाउँपालिका–५ विष्णुपुराका २२ वर्षीय राजेश हरिजनविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।
माइती नेपालको सहयोगमा प्रहरीले बालिकाको उद्धार गरी असार १५ गते परिवारको जिम्मा लगाएको छ । आरोपित फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।