INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया दुई युवतीलाई सामूहिक बलात्कार गरी फरार रहेको आरोपमा  प्रहरीले गैडहवा गाउँपालिका–९ का २२ वर्षीय विष्णु थारूलाई असार १५ गते गैडहवा गाउँपालिका–३ मङ्गलपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

यसअघि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले असार ५ गते जीवन ज्ञवालीलाई गिरफ्तार गरेको थियो ।

पीडितद्वयलाई आरोपितहरूले असार २ गते खाजा खान बोलाएर फर्कने बेलामा सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा असार ४ गते उजुरी दिएका थिए ।

घटनामा संलग्न १३ जना आरोपित अझै फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए । पीडितद्वयको स्वास्थ्य परीक्षण असार ४ गते लुम्बिनी अस्पतालमा भएको थियो ।

अन्य

भिडियो