खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको पछाडी रहेको एक घरमा असार १५ बिहान एक महिलाको घाँटी रेटेर हत्या भएको छ ।
६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए ।
उनले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करिब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन जना युवा घरभित्र पसेर हत्या गरेको बताए । हत्याको अनुसन्धान सुरू गर्दै घटनामा संलग्न अपराधिको खोजी भइरहेको उनले बताए ।
शवको पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको भएपनि पोष्टमार्टम भइसकेको छैन ।