२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फापरवारीमा कात्तिक २० गते पीडित पक्षले उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।