INSEC Online

📅 २०८३ जेष्ठ २१

अवैध बालगृहबाट उद्दार गरिएका बालबालिका परिवारको जिम्मामा

काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका बालबालिकालाई असार ६ गते अभिभावकको जिम्मा लागाइएको छ ।

बालगृहबाट उद्दार गरिएका हुम्लाका २४ जना बालबालिकालाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडा अध्यक्ष, सुरक्षा निकाय र अधिकारकर्मीको रोबहरमा अभिभावकलाई जिम्मा लगाइएको हो ।

कक्षा १२ सम्म निशुल्क रूपमा पढाइदिन्छु भन्दै हुम्लाका विभिन्न गाउँबाट काठमाडौँमा रहेको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृहमा पु¥याइएका बालबालिका अलपत्र अवस्थामा फेला पारेपछि उद्दार गरिएको हिमाली नविन समाज हुम्लाका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए ।

अवैध रूपमा विभिन्न जिल्लाबाट उक्त बालगृहमा पुर्‍याइएका १ सय २४ जनामध्ये हुम्लाका ८४ जना बालबालिका रहेको र ती मध्ये हिमाली नविन समाजलाई २४ जना बालबालिकाको उद्दार गर्ने जिम्मा परेकोले १२ जना काठमाडौँमा अभिभावकको जिम्मा लगइाएको र बाँकी १२ जनालाई असार ६ गते जिल्ला प्रसान कार्यलय हुम्ला लगायतको रोहबरमा बुझाएको लामाले बताए ।

अनथालयमा पढाउने भन्दै सिमकोट गाउँपालिका– १, २ ठेहेवाट नौ जना, वडा ८ को खोल्सीका दुई जना, खार्पुनाथ गाउँपालिका– १ थालीबाट एक जना, सर्केगाढ गाउँपालिका–२ रिपका दुई जना र अदनचुली गाउँपालिका– ६ पाल्साका दुई जना लाई अवैधानिक रूपमा चलेको ऐश्वर्य बालगृहमा राखिएको थियो ।

केन्द्रिय बाल कल्याण समिति, बालकेन्द्र खोजतलास केन्द्रले बाँकी १ सय जना बालबालिका जिल्ला प्रशासन कार्यालय काठमाडौँको रोहवरमा बालबालिकाकै घरमा परिवारको जिम्मा लगाएको छ ।

बालबालिकालाई आफन्तको जिम्मा लगाउँदै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले ओसारपोसारमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारवाही गरिने बताए । अवैध रूपमा ललाईफकाई बालबालिका ओसारपसार गरेको भेटिएमा कडाभन्दा कडा सजाय दिलाउने उनले बताए ।

गाउँमा  अभिभावकबाट ३० हजार देखि १ लाख रुपियाँसम्म रकम लिएर कक्षा १२ सम्म निशुल्क पढाइदिन्छु भन्दै  काठमाडौँमा लगेको सिमकोट– १ कुम्लीक गाउँ निवासी अभिभावक रामभक्त उपाध्यले बताए । ऐश्वर्य  बालगृह सञ्चालनकर्ता र बालबालिका ओसारपोसार गर्ने आरोपित व्यक्तिहरू अहिले फरार सूचीमा रहेका छन् ।

अन्य

भिडियो