INSEC Online

📅 २०८३ जेष्ठ २१

मेलमिलाप समन्वय समितिमा इन्सेक प्रतिनिधि

सप्तरी जिल्ला अदालतमा असार ६ गते सम्पन्न एक भेलाद्वारा गठित जिल्ला मेलमिलाप समन्वय समितिमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल चयन भएका छन् ।

जिल्ला अदालत सप्तरीका प्रमुख न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको अध्यक्षतामा गठित समितिको सदस्यहरूमा इन्सेक प्रतिनिधि पोखरेलसहित न्यायिक समितिका तर्फबाट हिराकुमारी चौधरी, मानविर रजक, कानुन व्यावसायीबाट सुरेन्द्र यादव, केशरलाल खंग, शिक्षकबाट सुमिन्त्रा दास, अदालतको मेलमिलापकर्ताबाट दोरिकलाल चौधरी, प्रतिभा देव, सामुदायिक मेलमिलापकर्ताबाट रामचन्द्र मण्डल, शर्मिलाकुमारी चौधरी, संस्थाको मेलमिलापकर्ताबाट सुष्माकुमारी गुप्ता रहेका छन् । समितिको सदस्य सचिवमा स्रेस्तेदार दिलकुमार वर्देवा रहेका छन् ।

उच्च अदालत जनकपुर राजविराज इजलाशका बरिष्ठतम् न्यायाधीश तिलप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधीशहरु नारायण श्रेष्ठ, बिपुल न्यौपाने, जिल्ला न्यायाधीशहरु उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमलप्रसाद ज्ञवाली, कृष्णप्रसाद पौडेल, सुदर्शन लामिछाने, दण्डपाणी लामिछाने, जिल्ला बार इकाईका अध्यक्ष डोमन साहलगायत न्यायिक समितिका सदस्यहरु, मेलमिलापकर्ताहरु, कानुन व्यावसायीहरु, शिक्षक, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मेलमिलापको समस्या र समाधानको उपाय खोजी गरी मेलमिलापको वातावरण बनाउन र सरोकारवालबीच समन्वय गर्न सप्तरीमा नौलो अभ्यास थालिएको उच्च अदालत जनकपुर राजविराज इजलाशका बरिष्ठतम न्यायाधीश श्रेष्ठले बताए ।

अन्य

भिडियो